आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा हुने-Sutra News

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा हुने

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम र पूर्वतिर सरदर स्थानमा अवस्थित छ ।



हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने देखिएको छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट