शुक्रबारदेखि काठमाडाैँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ एक्स्पाे-Sutra News

शुक्रबारदेखि काठमाडाैँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ एक्स्पाे

बिहिबार, २० भाद्र २०८१

बिहिबार, २० भाद्र २०८१

काठमाडाैं । शुक्रबारदेखि काठमाडाैँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी हुने भएकाे छ।



मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले संयुक्त आयोजना गरेकाे एक्स्पाे भदाै २१ गतेदेखि २३ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डपमा सञ्चालन हुने छ।

एक्स्पाेकाे उद्घाटन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले शुक्रबार बिहान ११ बजे गर्नेछन्। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।

आयाेजकका अनुसार प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ।

आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ।

विद्युतीय उपकरणहरुलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हाे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट