तिजकै दिन सुनको मूल्यले बनायाे नयाँ रेकर्ड-Sutra News

तिजकै दिन सुनको मूल्यले बनायाे नयाँ रेकर्ड

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौं । चार काराेबार दिनदेखि स्थिर रहेको सुनको मूल्य साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) बढेको छ। मूल्य बढेसँगै नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार प्रतिताेलाकाे एक हजार तीन सय रूपैयाँले बढ्दै सुन प्रतिताेला एक लाख ५३ हजार ३०० रूपैयाँ पुगेकाे छ ।

साेमबारदेखि स्थानीय बजारमा सुन प्रतिताेला एक लाख ५२ हजार रूपैयाँका दरले किनबेच भइरहेकाे थियाे ।

स्थानीय बजारमा यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँ कायम भएको थियो।

सुनकाे मूल्य बढ्दा स्थानीय बजार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबारकाे तुलनामा प्रतिताेला ३० रूपैयाँले बढ्दै चाँदीको मूल्य प्रतिताेला एक हजार ७९५ निर्धारण भएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वमा तनाव बढ्दै गर्दा विश्वभर सुनचाँदी मागमा आएकाे बढाेत्तरीसँगै मूल्यमा तिव्र उतारचढाव भइरहेकाे छ । जसकाे प्रभाव स्थानीय बजारमा पनि देखिने गरेकाे छ । यद्दपि, स्थानीय बजारमा पनि माग र आपुर्तिकाे आधारमा मूल्य घटबढ हुने गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट