बाराक ओबामाका दाजुले गरे राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन-Sutra News

बाराक ओबामाका दाजुले गरे राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । मलिक ओबामाले राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।



उनले भनेका छन्, ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको मतदाता हुँ, म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु, ट्रम्प हृदयदेखि बोल्छन् ।’

बाराक ओबामाका सौतेला दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए । अमेरिकी सञ्चार माध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन् ।

मलिक ओबामाले पूर्व राष्ट्रपति र उनका भाइ बाराक ओबामाको आलोचना गर्दै स्वार्थी भनेका छन् । मलिक पेशाले एकाउन्टेन्ट हुन् । बाराक ओबामा राष्ट्रपति हुँदा उनी ह्वाइट हाउस पनि गएका थिए । तर, पछि उनीहरुको सम्बन्ध चिसियो ।

मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, ‘म बराक ओबामाको राष्ट्रपति कालमा उनीसँगै बसेँ, तर पछि थाहा पाएँ कि उनी स्वार्थी थिए ।’

मलिक ओबामाले यसअघि बाराक ओबामामाथि धेरै गम्भीर आरोप लगाएका थिए । यीमध्ये एक आरोपमा मलिकले बाराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गरेका थिए ।

आफ्नो दाबीको समर्थनमा मलिक ओबामाले भाइको नक्कली जन्म प्रमाणपत्र पनि पेश गरेका थिए । मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् । साथै, समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट