नेपालले श्रीलंकन टोलीलाई दियो १६० रनको लक्ष्य-Sutra News

नेपालले श्रीलंकन टोलीलाई दियो १६० रनको लक्ष्य

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । एक दिवसीय अभ्यास खेल खेल्न श्रीलंका पुगेका नेपाली टोलीले श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो ।



नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाएका थिए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए ।

यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए । श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट