नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न-Sutra News

नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए ।



५ हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले प्रशिक्षण दिएका थिए । कार्यक्रम कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको हो ।

कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरू, शाखा तथा उपशाखाका प्रमुखहरू, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेसागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा भारतको दिल्लीबाट आएका चिरपरिचित अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सीपका बारेमा प्रकाश पारेका थिए । मानिसको जीवनमा जीवन बीमा एक आधारभूत आवश्यकता भए पनि मानिसले यसको महत्त्व नबुझेका कारण बीमालाई बजारीकरण गर्न गाह्रो भएको र यस अवस्थामा अभिकर्ताहरूले बीमाको महत्त्वमाथि प्रकाश पार्न सके बीमा बजारमा धेरै नै सम्भावना रहेको हुँदा चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडि बढ्न उनलेे उत्प्रेरणा प्रदान गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा सहभागी भएका बीमा अभिकर्ताहरूलाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरूको क्षमताको विकास कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा यस किसिमको भव्य र सभ्य कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । यस किसिमको कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने सीप ज्ञान हासिल गर्न सहयोग पुग्ने उनले बताए ।

यस कम्पनीले बीमा अभिकर्ताहरूलाई आफ्नो मेरुदण्ड मानेको र उनीहरूको ज्ञान सीपलाई निखार्नका निम्ति यस किसिमको कार्यक्रम फलदायी हुने कुरामा आफू विश्वस्त रहेको पराजुलीले बताए । आगामी दिनमा पनि यस किसिमको उपलब्धिमूलक र लर्निङ कर्भलाई थप सवल र सशक्त बनाउन कम्पनी आतुर रहेको समेत उनले बताए ।

कार्यक्रममा कम्पनीले निर्धारण गरेको लक्ष्यलाई प्राप्त गर्दै नेपाल लाइफ ताराका लागि योग्य ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो । यसका साथै कम्पनीले हरेक प्रदेशमा प्रथम द्वितीय र तृतीय हुने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट