नेपाल श्रीलंकन टोलीसँग पाँच विकेटले पराजित-Sutra News

नेपाल श्रीलंकन टोलीसँग पाँच विकेटले पराजित

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा हार बेहोरेको छ । श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई पाँच विकेटले पराजित गरेको हो ।



नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालले पहिला ब्याटिंग गर्दै ४० ओभरमा १५९ रन बनाएर अल आउट भएको थियो ।

यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गरेका थिए । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गए पनि यसअघिका दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको थियो । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्न त्यसतर्फ जानेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट