काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता भएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले हटाएको थियो । यसैबीच बालेनले आफ्नो पोष्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए ।
बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियान चलाएका थिए । यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाई भएको थियो ।