आगामी साता कता जाला सेयर बजार ?-Sutra News

आगामी साता कता जाला सेयर बजार ?

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) करिब तीन सातादेखि नै ओरालो यात्रामा रह्यो । साउन ३१ मा ३०००.८१ को बिन्दुबाट ओर्लिएको नेप्से बिहीबारसम्म आइपुग्दा २७२७.३६ को बिन्दुमा ओर्लियो । यद्यपि, नेप्से योबीचमा २६९५ को बिन्दुसम्म तल झरेको थियो ।



लगातार ओरालो यात्रामै रहेपनि गिरावटको तहअनुसार नेप्सेको ओरालो यात्रा थामिन खोजेको देखिन्छ । भदौ पहिलो साता २६.३५ अंकले घटेको नेप्से, दोस्रो साता २२४.८७ अंकले घटेको थियो । यो साता भने नेप्सेमा ३१.४३ अंकको गिरावट मात्रै रह्यो ।

झण्डै ३० प्रतिशतको करेक्सन देखिएको नेप्से अब थामिँदै अगाडि बढ्ला वा घट्ला, यो यत्तिकै अनुमान लगाउन सकिन्न । तर, पनि ओरालो यात्राको तहलाई हेर्दा करेक्सन लेबल सकिएको जस्तो पनि अनुमान लगाउन भने सकिन्छ ।

तर, कारोबार रकममा आएको गिरावट भने असामान्य छ । साप्ताहिक कारोबारलाई हेर्दा, त्यति धेरै असन्तुलन नदेखिएपनि दैनिक कारोबारलाई हेर्दा, निकै अत्यासलाग्दो छ ।

दैनिक २९ अर्बसम्मको कारोबारबाट बिहीबारसम्म आइपुग्दा कारोबार रकम ९ अर्ब ५४ करोडसम्ममा झरेको छ । झण्डै तीन गुणा कारोबार रकम झर्नुले होल्डमा रहने लगानीकर्तालाई केही निराश बनाएको छ । जसको आधारमा आगामी बजार कसरी बढ्ला भन्ने अन्योलता बनाउँछ ।

यद्यपि, बजार विश्लेषकहरु करेक्सन मुडमा यस्ता घटना स्वभाविक हुने बताउँछन् । धेरै लगानीकर्ता होल्ड मुडमा हुँदा कारोबार घट्नु स्वभाविक रहने विश्लेषकहरुको भनाई छ ।

“झण्डै १ हजार अंकले बजार बढ्दा ३ सय अंकले घट्नु अस्वभाविक होइन, ४० प्रतिशतसम्म करेक्सन हुनसक्छ भन्ने कुरालाई बुझ्नुपर्छ”, लगानीकर्ता तथा बजार विश्लेषक प्रकाश रजौरे भन्छन्, “करेक्सन हुँदा धेरै लगानीकर्ता होल्डमा बस्नु र कारोबार घट्नुलाई अन्यथा मान्न मिल्दैन ।”

बजारमा बढ्नुमा जे कारण मुख्य थिए, ति परिवर्तन नभएको कारण पनि बजार घट्छ भन्ने मनोविज्ञान नबनाउन पनि रजौरेको आग्रह छ । उनका अनुसार यस्ता ट्रेण्ड बुल मार्केटमा देखिन्छन् ।

“जे कारणले बुल आयो, अहिले ति कारण परिवर्तन भएका छैनन्, नीतिगत पाटो थप स्ट्रोङ्ग हुने अवस्थामा छ”, रजौरे भन्छन्, “कसैले घट्दैछ, अब बुल सकियो भन्छ भने पनि त्यो घटाएर लाभ लिने समूह मात्रै हो ।”

आगामी सातादेखि बजारले रफ्तार लिने रजौरेको भनाई छ । हुन पनि यो भनाईसँग प्राविधिक विश्लेषण पनि मिल्न जान्छ । पिभट् प्वइन्टलाई विश्लेषण गर्दा, बजारको अबको प्रतिरोध २९ सय, ३ हजार र ३१ सयको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट