अमेरिकामा छोराले चलाएको बन्दुकबाट चार जनाको मृत्यु, बुवामाथि छानबिन हुँदै-Sutra News

अमेरिकामा छोराले चलाएको बन्दुकबाट चार जनाको मृत्यु, बुवामाथि छानबिन हुँदै

शुक्रबार, २१ भाद्र २०८१

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक हाइस्कुलमा गोली काण्डमा आरोपीका बुवालाई कारबाही अगाडि बढाइएको छ । घटनाको दिन प्रयोग भएको बन्दुक किशोरका बाबुले उपहार दिएको समाचारमा जनाइएको छ ।



जीबीआईका निर्देशक क्रिस होसीले ग्रेलाई आरोप लगाइएको थियो । किनभने उनले आफ्नो छोरा कोल्टलाई बन्दुक राख्न अनुमति दिएका थिए । उनीमाथि लगाइएका सबै आरोपहरू उनका छोराले गरेको कार्यसँग सीधै सम्बन्धित छन् ।

स्कूलमा बुधबार भएको गोलीकाण्डको सम्बन्धमा १४ वर्षीय कोल्ट ग्रेलाई हत्याको आरोप लगाइएको छ । उनले अर्ध स्वचालित राइफल प्रयोग गरेको आरोप लगाइएको छ । जसले दुई विद्यार्थी र दुई शिक्षकको हत्या भएको थियो । अन्य नौ जना घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट