आज शनिबार तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज शनिबार तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

आज मिति २०८१ भदौ २२ गते शनिबार । सन् २०२४ सेप्टेम्बर ७ तारिख । नेपाल सम्बत ११४४ चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः४५ बजे भयो भने सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

पेशागत रुपमा समस्या पैदा हुन सक्ने समय छ । मुद्दा मामिला पनि पर्न सक्छ कसैसँग अनावश्यक विवाद वा झगडाको योग रहेकोले सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । तथापि, व्यापार व्यवसायमा भने लाभ नै हुने देखिन्छ । मित्रजनमा प्रेमभाव बढ्नेछ । आमोदप्रमोदको माहोलमा रम्नुहुनेछ ।

बृष

सामाजिक कामबाट सन्तोष र अरुबाट मान प्रशंसा हासिल भइ मन हर्षित हुने दिन छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउने अवसर जुर्ने देखिन्छ । व्यापारमा गरेको लगानी पनि सन्तोषप्रद रहनेछ । कुनै विषयमा मन दुविधामा पर्ने योग छ, सोचेरमात्र निचोडमा पुग्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रमाइलो यात्राको योग पनि रहेको छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त होला । खुसीको खबर प्राप्त हुनेछ । चल अचल सम्पत्तिको कारोबार हुन सक्ने समय छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ भने अध्ययन अध्यापनमा सुखद परिणाम प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

दिन तपाईंको लागि अनुकुल रहनेछ । धैर्यले काम लिने समय छ, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने सम्भावना छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । यात्राको योग पनि रहेको छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

पीडा दिनेहरू सक्रिय रहन सक्ने समय छ । ब्यर्थको खर्च पनि हुन सक्छ । आरोग्यताका लागि खानपानलगायतका क्रियाकलापमा विशेष सजगता राख्नु उचित हुनेछ । रसराग एवम् मनोरञ्जनात्मक कार्यमा प्रवृत्ति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्ला । प्रतिष्पर्धी एवम् शत्रुपक्षप्रति सचेत रहनुपर्नेछ । ब्यस्तता वृद्धि होला ।

कन्या

नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम अघि बढ्नाले आर्थिक पक्ष सबल बन्नेछ । ठूला व्यक्तिबाट बुद्धि विवेकको तारिफ हुनेछ भने मुद्दा(मामिलामा विजयी भइएला । धनलाभको योग पनि छ । लेखपढ तथा अन्वेषणमा मन जानेछ । आफन्त एवम् मित्रजनको साथ प्राप्त हुनेछ । समग्रमा आजको दिन खुशीका साथ बित्ने देखिन्छ ।

तुला

व्यवहारिक कार्यमा मन लाग्नेछ, आयआर्जनको दृष्टिले राम्रो दिन छ । व्यवसायमा सोचेभन्दा बढी नै लाभ प्राप्त भइ मन प्रशन्न रहला । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित तुल्याउनेछ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

दिन शुभदायी छ । रोकिएको काम बन्नेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । कामहरु पनि सजिलैसँग बन्ने योग छ । हाँसखेल, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा ज्यादा समय ब्यतीत होला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु

घरेलु समस्याले सताउन सक्ने समय छ । मित्र बनेर धोका दिनेहरु सक्रिय हुन सक्छन्, सचेत रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति हुन सक्छ । धनमाल हराउने तथा ठगीमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु नै उचित हुनेछ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।

मकर

दौडधुप बढ्ने छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भए पनि नसोचेको धन लाभ हुन सक्ने योग छ । नियमित काममा भने कठिनाइ सहनुपर्नेछ । सरसापटी लेनदेनमा पनि खासै राम्रो छैन । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । प्रतिकुलताका बाबजुद साहस वृद्धि भइ दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । काम बन्नाले सुखको अनुभूति होला । पठन पाठनमा मन जानेछ । मिहेनतअनुसार कमाइ पनि राम्रै होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइने योग छ । दाम्पत्यसुख बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

दिन शुभदायी छ । नयाँ कामका योजनाहरु बन्नसक्नेछ भने कार्यमा जोश जाँगर पनि बढ्ला । कतैबाट आर्थिकलाभको योग छ । आज कुनै नया कामको थालनी गर्नु उचित हुनेछ । साथीभाइसँग मनोरञ्जनात्मक भेटघाट हुन सक्छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ने छ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट