४० जना उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत, कति पाए पुरस्कार ?-Sutra News

४० जना उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत, कति पाए पुरस्कार ?

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१ औँ निजामती सेवा दिवस समारोहमा उनीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।

दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष छनोट गर्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट