यो सातामा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?-Sutra News

यो सातामा सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति ?

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।



महासंघका अनुसार अघिल्लो शुक्रबार सुन मूल्य प्रतितोला एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यो साताको अन्तिम कारोबार दिन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्यमा भने गिरावट भएको छ । अघिल्लो साताको तुलनामा यो साता चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले गिरावट भएको हो ।

अघिल्लो शुक्रबार प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी यो साता एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट