बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु-Sutra News

बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ ।



पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैँडाकोट ११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक प्रहरी नियन्त्रण छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट