सरकारलाई सर्वोत्कृष्ट कर्मचारीको अभाव, पुरस्कृत हुनेमा धेरै तल्लो तहका कर्मचारी-Sutra News

सरकारलाई सर्वोत्कृष्ट कर्मचारीको अभाव, पुरस्कृत हुनेमा धेरै तल्लो तहका कर्मचारी

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । सरकारले २१ औँ निजामती सेवा दिवस २०८१ को अवसरमा विभिन्न पदमा रहेका १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार उनीहरूलाई सम्मान गरिने भएको हो ।



पुरस्कार २०८२ को २२ औँ निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने छ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

यस्तै, सरकारले देशका विभिन्न सरकारी कार्यालयमा आबद्ध भई सेवा दिँदै आएका ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार दिने भएको छ । सरकारले विभिन्न पदमा रहेका ४० जना कर्मचारीलाई पुरस्कृत गरिरहँदा सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन । हाल देशभर एक लाख ५० हजार निजामती कर्मचारी छन् । तर, सर्वोत्कृष्ट कर्मचारी छैनन् । अघिल्लो वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी पाउन सकेको थिएन ।

२१ औँ निजामती कर्मचारी दिवसको अवसरमा सरकारले पाँच जना उपसचिवसहित १० जना अधिकृतलाई सम्मान गरेको छ । बाँकी २५ जना तल्लो स्तरमा रहेका कर्मचारी रहेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शङ्करबहादुर केसी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागाई, कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइने छ ।

निजामती सेवा पुरस्कार पाउनेमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरुत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेल रहेका छन् ।

संघीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौँमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिने छ ।

यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ । यसबाहेक सरकारले विभिन्न पदमा रहेर काम गरेका कर्मचारीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

उत्कृष्ट १० जना निजामती कर्मचारीलाई जनही एक लाख र ३० जनालाई निजामती सेवा पुरस्कारबाट जनही ५० हजार रुपैयाँ राशीले सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट