नेपाललाई ‘नन् करप्ट’ राष्ट्र बनाउन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह-Sutra News

नेपाललाई ‘नन् करप्ट’ राष्ट्र बनाउन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीलाई आग्रह गरेका छन् ।



२१ औँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने बताउँदै दुष्कर्म नगर्न आग्रह गरे ।

“तपाईंहरु कतै प्रयोग नहुनुस्, भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस्, तपाईंहरुलाई प्रयोग नगरी नेताहरुले पनि भ्रष्टाचार गर्न सक्दैनन्, भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्, भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिन पनि सुझाएका थिए । उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानूनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट