एन्फा महिला लिगमा एपीएफ विजयी हुँदा आर्मी क्लब पराजित-Sutra News

एन्फा महिला लिगमा एपीएफ विजयी हुँदा आर्मी क्लब पराजित

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।



खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औँ मिनेटमा गोल गरेका थिए । आर्मीका लागि एकमात्र गोल विमला चौधरीले ५६ औँ मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट