मसान घाटको सत्तलमा सुत्न बाध्य प्रहरी !-Sutra News

मसान घाटको सत्तलमा सुत्न बाध्य प्रहरी !

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

बागलुङ । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि मसान घाटको सत्तलमा रात बिताउन बाध्य भइरहेका छन् । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा चेकपोष्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ ।



बागलुङ नगरपालिका १ मालढुङ्गामा जिल्लामा प्रवेश गर्ने बाक्लो सवारी साधनको सुरक्षा जाँच तथा सिमानाको संवेदनशिलताको विषयमा यहाँ राखिएका प्रहरीका लागि भवन नहुँदा समस्या भएको हो ।

जनताको सुरक्षामा खटिएको नेपाल प्रहरी पछिल्लो छ महिनादेखि मसानघाटको सत्तलमा आश्रय लिइरहेको छ । यहाँको चौकी १५ मिटरभित्रसम्म सडक खाली गर्ने भनी भत्काइएपछि प्रहरी कालीगण्डकी किनाराको खुदर्के मसानघाटको सत्तलमा आश्रय लिएर बस्दै आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताए ।

जिल्लाको प्रवेशद्वारबाट सडक विस्तारको काम थाल्ने योजना अनुरूप प्रहरी चौकीको अस्थायी छाप्रो भत्काइएपछि प्रहरी मसानघाटमा पुगेको उनले जानकारी दिए । यसअघि पनि अस्थायी छाप्रोमा उचित बसोबासको व्यवस्था नहुँदा प्रहरीहरु भुइमा सुत्ने गरेका थिए ।

प्रहरी चौकीसँगै सूचना केन्द्र बनाउन आवश्यक रहको भन्दै प्रहरी उपरीक्षक कँडेलले सिमानाका भएकाले प्रहरी थप संवेदनशील हुनुपर्ने अवस्थामा उनीहरु असुरक्षित बस्दै आएका बताए ।

प्रहरी चौकी मालढुङ्गामा सूचना केन्द्र पनि राख्नु आवश्यक देखिएको जनाउँदै नगरप्रमुखले जग्गा अभावले समस्या हुन सक्ने बताए । उनका अनुसार मालढुङ्गा र निसीखोला प्रहरी चौकी जिल्लाको सबैभन्दा दुरवस्थामा रहेका प्रहरी कार्यालय हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट