रुस भ्रमणमा रहेका अध्यक्ष नेपाल स्वदेश फिर्ता-Sutra News

रुस भ्रमणमा रहेका अध्यक्ष नेपाल स्वदेश फिर्ता

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फिर्ता भएका छन् । उनी भदौ १६ गते रुस प्रस्थान गरेका थिए ।



शनिबार दिउँसो साढे १२ बजे अध्यक्ष नेपाल काठमाडौँ आइपुगेको अध्यक्षका स्वकीय लक्ष्मण रेग्मीले जानकारी दिए । मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी रुस पुगेका थिए ।

सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो । साथै, अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएका थिए ।

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरूको बैठकमा भाग लिन पुगेका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमते भाग लिएका थिए ।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट