रास्वपाको कामबाट तर्सिएर लखेट्ने काम भयो- उपसभापति अर्याल-Sutra News

रास्वपाको कामबाट तर्सिएर लखेट्ने काम भयो- उपसभापति अर्याल

शनिबार, २२ भाद्र २०८१

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफूहरूको सफलता देखेर लखेट्ने काम भएको बताए ।



काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका कामबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको दाबी गरे ।

उनले रास्वपाप्रति जस्तो टीका भए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिवद्धतालाई नभुलेको भन्दै थप परिस्कृत भएर काम गर्ने बताए । उनले रास्वपा अरु पार्टीभन्दा भिन्न रहेकाले यसको नीति र योजना स्पष्ट रहेको जिकीर गरे ।

रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ । उनले देश बनाउने रास्वापको अभियान संविधानभित्र टेकेर अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट