आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

आज मिति २०८१ भदौ २३ गते आइतबार । सन् २०२४ सेप्टेम्बर ८ तारिख । नेपाल सम्बत ११४४ पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः४६ बजे भयो भने सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । अनावश्यक रुपमा कसैसँग झैझगडा हुन सक्छ, सावधानीपूर्वक व्यवहार गर्नु होला । लेनदेनको समस्याले सताउने योग छ । शत्रु पनि बढ्ने देखिन्छ । ब्यापारमा पनि घाटा बेहोर्नुपर्ला । आजको दिन यात्रामा विशेष सावधान रहनु उचित होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष

मित्रजनले प्रशंसा गर्नेछन् भने नसोचेको सम्मान मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पढाइलेखाइमा सुधार आउनेछ । प्रतिष्पर्धीहरू परास्त होलान् । तथापि, गलत लेनदेनले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

पराक्रम वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने दिन छ । धनलाभ होला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढ्नेछ भने पराक्रम वृद्धिले अधुरा काम बन्नेछन् । मन हर्षित रहनेछ । आनन्द बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्धमा प्रगाढता आउने तथा दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा पनि सुधार आउनेछ । आयआर्जनको स्रोत फेला पर्ला । कृषिजन्य पेसा वा व्यवसायबाट भने आज सोचेजस्तो लाभ लिन नसकिने देखिन्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन केही चुनौतीयुक्त छ । हातहतियारको प्रयोग गर्दा विशशेष सचेत रहनु हितकर होला । निको भएको रोगले पुनः सताउन सक्ने योग छ । खर्च र विवाद बढ्ने देखिन्छ, संयमताको दरकार छ । शत्रुपक्षसँग सतर्क रहनुहोला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । धनलाभ हुने योग छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु उचित होला । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्नेछन् भने आफन्तजनको उचित सहयोग मिल्ने छ । आरोग्यता रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

दिन शुभदायी छ । धन मान प्राप्त हुने समय छ । गरेको कामबाट फाइदा नै होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने समय छ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ ।

बृश्चिक

फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा लाभ नै हुनेछ । जीवनसाथी र मातृसल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु

आजको दिन हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आर्थिक संकट आउने तथा लेनदेनमा विवाद हुन सक्ने समय छ । घरायसी समस्या पनि पैदा हुन सक्छ । पढाइलेखाइमा ध्यान जानेछैन । खर्च बढ्न सक्छ, सचेत रही कारोबार गर्नुहोला ।

मकर

गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने समय छ । अरुको काम धेरै गर्नु पर्ला । नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । ब्यस्तता बढेपनि काम भने अधुरै रहनाले तनाव हुन सक्छ, धैर्य राख्नुहोला । समाजसेवा तथा राजनीतिमा चाहिँ मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिने छ ।

कुम्भ

सामाजिक सम्मान तथा प्रतिष्ठा वृद्धि हुने समय छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनवृद्धिको योग छ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ भने प्रेमको बन्धनमा बाँधिने दिन छ । रकम लेनदेनको काम पनि होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्ने दिन छ । धन आर्जन हुने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा निःसन्देश राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिएला । व्यापारमा फाइदा छ । आफन्तजनको सहयोग नमिले पनि साथीभाइले राम्रै सहयोग गर्लान् । समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट