आज पनि देशभर वर्षा हुने, यी स्थानमा भारी वर्षा हुने-Sutra News

आज पनि देशभर वर्षा हुने, यी स्थानमा भारी वर्षा हुने

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट