जाजरकोटकाे बारेकोटमा गएकाे पहिराेले दुई जना वेपत्ता-Sutra News

जाजरकोटकाे बारेकोटमा गएकाे पहिराेले दुई जना वेपत्ता

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

सुर्खेत। जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका-६ तल्लो धुममा अविरल वर्षापछि आइतबार बिहान करिब ३ बजे पहिरो खस्दा मानबहादुर चलाउनेको घर पुरिएको हो ।



जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ४७ वर्षीय चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेम कुमारी चलाउने पहिराेमा पुरिएर हराएका छन् ।

उक्त घरमा चार जना थिए। मानबहादुरकी छोरी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल छिन्। उनी पहिरो आउनुअघि नै घरबाट निस्किएको प्रहरीले जनाएको छ।

पहिराेमा पुरिएकी प्रेमकुमारी साेही वडाकी वडा सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट