प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, दिनभर कस्तो रहला ?-Sutra News

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, दिनभर कस्तो रहला ?

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रि सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । प्रि सेसनमा ५.४६ अंकले बढ्दै नेप्से २७३२.८२ को बिन्दुमा उक्लिएको छ ।



प्रि सेसनमा कारोबार भएका ५७ कम्पनीमध्ये ३२ को मूल्य बढ्यो भने १७ को मूल्य घट्यो । विशेषगरी प्रि सेसनमा जलविद्युत र लघुवित्त समूहका कम्पनीको कारोबार भयो ।

प्रिसेनमा २५ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ करोड ४४ हजार रुपैयाँको भयो । प्रि सेसनमा सबैभन्दा बढी नेपाल फाइनान्सको कारोबार उच्च भयो ।

तिव्र उतारचढावका बिच अघिल्लो साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से १२.१० अंकले घटेको थियो । नेप्से घट्दै गर्दा बिहीबार कारोबार रकममा पनि गिरावट आएको थियो ।

झण्डै डेढ महिनायताकै कम कारोबार अर्थात् ९ अर्ब ६५ करोड १५ लाखमा कारोबार रकम सीमित भएको थियो ।

यद्यपि, उच्च बृद्धि पछि निरन्तर भइरहेको गिरावटको तह बिहीबार कम देखिएको छ । जसलाई लगानीकर्ताहरुले करेक्सन सकिएको रुपमा अथ्र्याइरहेका छन् । लगानीकर्ताहरुको बुझाईअनुसार आजदेखि बजार बढ्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट