उच्च बिन्दुमा पुगेपछि फेरि घट्यो सुनको मूल्य, आजको मूल्य कति ?-Sutra News

उच्च बिन्दुमा पुगेपछि फेरि घट्यो सुनको मूल्य, आजको मूल्य कति ?

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौं । शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन १२ सय रुपैयाँले घट्दै आज सुनको मूल्य एक लाख ५२ हजार एक सय रूपैयाँमा झरेको छ ।



शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्य थियो ।

सुनको मूल्य घट्दै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि केही सस्तिएको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ४५ रूपैयाँ घटेको छ ।

मूल्य घटेसँगै यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विशेषगरी मध्यपूर्वी देशमा बढेको तनावसँगै अन्तराष्ट्रियरुपमै सुनको मूल्यमा तिव्र बृद्धि भइरहेको छ । यद्यपि, माग र आपूर्तिको पछिल्लो श्रृंखलाका बिच मूल्यमा तिव्र उतारचढाव देखिन्छ ।

जसको प्रभाव स्थानीय बजारमा पनि प्रत्यक्षरुपमै परिरहेको छ ।

मूल्यमा तिव्र उतारचढाव भइरहँदा सुनको किनबेच पनि प्रभावित भएको महासंघले जनाएको छ । महासंघका अनुसार उच्च उतारचढाव भइरहँदा सुनको खरिद–बिक्री निकै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट