सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर-Sutra News

सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१
adalat

काठमाडौँ । कोरोना बीमाबापतको रकम भुक्तानी नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल बिमक संघले सरकारलाई विपक्षी बनाउँदै आज रिट दर्ता गरेको हो ।



बिमक संघसँग सरकारले यसअघि गरेको सहमतिअनुसार कोरोनाको बीमा रकम भुक्तानी नगरेको भन्दै रकम भुक्तानीका लागि अन्तरिम आदेश माग गरिएको हो ।

सरकारले भुक्तानी नदिएपछि बीमा कम्पनीले कोरोना बीमाबापतको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्डअनुसार उक्त दायित्व सरकारले बेहोर्नु पर्ने हुन्छ ।

तर, भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ । रिटमाथि सोमबार बिहान १० बजेका लागि पेसी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट