अन्य पुरूषसँग सम्बन्ध राखेको आशंकामा प्रेमिकाको हत्या-Sutra News

अन्य पुरूषसँग सम्बन्ध राखेको आशंकामा प्रेमिकाको हत्या

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ । काठमाडौं सुन्दरीजलमा शव फेला परेकी महिलाको हत्या भएको प्रहरीले जनाएको छ । गत बिहीबार गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलको बोक्सेदहमा ढुंगाले च्यापिएको महिलाको शव भेटिएको थियो ।



महिलाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिराहा घर भई काठमाडौँको बसुन्धारामा बस्दै आएकी राम दुलारीको हत्या भएको थियो । उनको आफन्त प्रहरीको सम्पर्कमा आएको छैन ।

हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका ५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको जनाएको छ ।

मृतक राम दुलारी र रामविनयबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । रामविनय जुत्ता सिलाउँथे । राम दुलारी मजदुरको काम गर्दै आएकी थिइन् ।

मृतक राम दुलारीले दैनिक मापसे गरी अन्य पुरूषसँग सम्बन्ध रहेको आशंकामा रामविनयले सन्तोषको साथ लिएर हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

राम दुलारीलाई दुवै जनाले पालैपालो ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट