काठमाडौँ । चिनियाँ कम्पनी बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी)को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गर्ने भएको छ ।
फाउन्डेसनमा साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्ने छ । यस्तै, हरेक बीवाईडी गाडी बिक्रीवापत १० हजार रुपैयाँ फाउन्डेसनमा जाने गरी व्यवस्था गरेको छ ।
घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने गाडीवापत १० हजार रुपैयाँ फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे
यसका साथै साइमेक्स इंक प्रा.लि.का अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने जनाइएको छ ।
बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले समूदायमा वास्तविक फरकपनको अनुभव गराउन सक्ने भन्दै बधाई दिएका थिए । फाउन्डेसन स्थापना हुने भएसँगै साइमेक्स इंक र बीवाईडीले व्यापारसँगै सामाजिक उत्तरदायित्वमा भूमिका निर्वाह गर्ने देखिएको छ ।