किन रोकिएन सेयर बजारको पहिरो ?-Sutra News

किन रोकिएन सेयर बजारको पहिरो ?

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौं । निरन्तर गिरावटका बिच साताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । आइतबार २५.४६ अंकले घट्दै नेप्से २७०१.९० को बिन्दुमा अडिएको छ ।



उच्च अंकले घट्दै गर्दा नेप्सेमा अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स समूह १.२१, उत्पादन तथा प्रशोधन समूह ०.५० र सामूहिक लगानी ०.२२ प्रतिशतले बढ्दा अन्य सबै घटे ।

आज बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका २४५ कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घट्यो भने ८६ कम्पनीको मूल्य बढ्यो । तीन कम्पनीको मूल्य स्थिर रह्यो ।

उच्च अंकले सूचक घटेको, साथै अधिंकाश कम्पनीको मूल्य घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

नेप्से घटेपनि आज कारोबार रकम भने केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो ।
निरन्तरको गिरावटका बिच आजको कारोबार दिनदेखि नेप्सेले लय लिने विश्वास बजार विश्लेषकहरुले गरेका थिए । यद्यपि, बजारले गति लिन सकेन ।

मूलतः लगानीकर्ता उत्साहित नहुँदा नेप्सेमा कारोबारसँगै इन्डेक्स पनि घटिरहेको देखिन्छ । कतिपयले यसलाई नाडा अटो शो र चाडवाडको आगमनको प्रभावको रुपमा पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट