सामान्य व्यक्तिले ४८ वर्ष बस्ने बिदा राष्ट्रपति बाइडेलन चार वर्षमै बसे-Sutra News

सामान्य व्यक्तिले ४८ वर्ष बस्ने बिदा राष्ट्रपति बाइडेलन चार वर्षमै बसे

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो चार वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएका छन् । न्युयोर्क पोस्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पदमा बसेको एक हजार ३२६ दिन भइसकेको छ । यसरी हेर्दा बाइडेनले कार्यकालको ४० प्रतिशत दिन बिदा लिएको देखिएको छ ।



रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा बसेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले हरेक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसरी हेर्दा अमेरिकामा सामान्य व्यक्तिले ४८ वर्ष बस्ने बिदा बाइडेनले चार वर्षमै बसेको देखिन्छ ।

यो अमेरिकी इतिहासमा राष्ट्रपतिहरूले लिएको सबैभन्दा धेरै बिदा हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा एक हजार ४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कूल कार्यकालको ११ प्रतिशत मात्रै बिदामा बसेका थिए । जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए ।

धेरै बिदा लिएकोमा बाइडेनको आलोचना गर्दै ट्रम्पको कार्यकालमा ह्वाइट हाउसका सल्लाहकार रहेका मार्क पाउलेटाले भने, “समुद्र तटमा कुर्सीमा सुतिरहेको बाइडेनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ, विश्वमा चलिरहेको अशान्तिको बीचमा बाइडेनले आराम गरिरहेको उनको तस्बिर उनको कार्यकालको सबैभन्दा ठूलो उदाहरण हो ।”

बाइडेनका सहयोगीहरूले भने अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा जाने गरेको बताए । बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेतासमेत हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकामा सत्ता हात पारेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट