सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो उत्कृष्ट डिलर-Sutra News

सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो उत्कृष्ट डिलर

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्राण्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्रीमा पुतली सडकस्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ ।



उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टिभिएस् एन्टर्क स्कुटर प्रदान गरे ।

विजेता शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनालले भने, “परिश्रमको प्रतिफल पाउँदा अवश्य खुसी छु, यसरी राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद व्यक्त गर्न चाहन्छु, मलाई आशा छ यसले आगामी वर्ष अन्य डिलरहरुलाई मभन्दा राम्रो बिक्री गर्न हौसला प्रदान गरेको छ ।”

सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले शुभ यात्रा कलेक्सनको सफलता सबैका लागि गौरवको विषय भएको बताए ।

इण्डियाको एक नम्बर लगेज ब्राण्ड सफारी ब्याग्स नेपालमा प्रवेश गरेको छोटो समयमा प्रयोगकर्ताहरुको मन जित्न सफल भई बजारमा सर्वाधिक रुचाइएको छ । नेपालको लागि सफारी ब्याग्सको एक मात्र नेसनल डिस्ट्रिब्युटर जगदम्बा मोबाइल प्रा.लि. हो भने डिलरहरु नेपालभर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट