सरकार ठगी छानबिन समितिमा अर्थमन्त्री र गभर्नरले के भने ?-Sutra News

सरकार ठगी छानबिन समितिमा अर्थमन्त्री र गभर्नरले के भने ?

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ



छलफलमा अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै अर्थमन्त्रीले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताए ।

सहकारीबाट ऋण लिनेले तिर्नु पर्दैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नु पर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिएको संयोजक थापाले बताए ।

यस्तै, राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नु पर्ने, सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नु पर्नेमा जोड दिए । सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाले बताए ।

यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग छलफल गरेको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले छानविन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट