विद्युतीय हिंसाविरुद्धको अभियान चलाउँदै अस्मी ढकाल-Sutra News

विद्युतीय हिंसाविरुद्धको अभियान चलाउँदै अस्मी ढकाल

आइतबार, २३ भाद्र २०८१

आइतबार, २३ भाद्र २०८१

काठमाडौँ । मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकालले विद्युतीय सञ्जालमार्फत बालबालिकामाथि हुने हिंसाविरुद्ध अभियान चलाउने भएकी छन् । अभियानमा ‘चाइल्ड सेफ नेट’सँग सहकार्य गरी सञ्चालन हुने भएको हो ।



विज्ञान प्रविधिको युगमा सामाजिक सञ्जाल अभिन्न अंग बनेसँगै यसबाट हुने हिंसाको शैली बढ्दो रहेको छ । यसमध्ये उच्च जोखिममा बालबालिका पर्दै आएका छन् । पछिल्लो समय विद्युतीय सञ्जालमार्फत हुने हिंसाका घटना बढ्दै गएको छ ।

यिनै हिंसाविरुद्ध अस्मी चाइल्ड सेफ नेटसँग सहकार्य गरी समाधानको बाटोमा हिँडेकी हुन् । उनले शुरुवाती दिनमा साइबर बुलिङ, अनलाइन उत्पीडन, अनुपयुक्त रुपमा अङ्ग प्रदर्शन, धम्की, जस्ता विभिन्न रूपबारे सचेतना जगाउने प्रयास गर्ने भएकी छन् ।

यसका लागि बालबालिकाका अभिभावक, विद्यालय लगायतको पहलमा सुरक्षित अनलाइन अभ्यासको महत्व, प्रविधिको जिम्मेवार प्रयोग र बालबालिकाले आफ्ना अनुभवबारे बोल्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट