प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान-Sutra News

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

सोमबार, २४ भाद्र २०८१

सोमबार, २४ भाद्र २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति पौडेलले शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।



समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते प्रधानसेनापति पदमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति थियो ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५ औँ प्रधानसेनापतिका रूपमा सिग्देलले सोमबारदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीन वर्षे पदावधि समाप्त भई अनिवार्य अवकाश पाएका थिए ।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट