आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

आज मिति २०८१ भदौ २५ गते मंगलबार । सन् २०२४ सेप्टेम्बर १० तारिख । नेपाल सम्बत ११४४ सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४६ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

जाँगर वृद्धि हुनुका साथै मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर बौद्धिक कार्यबाट थोरै भए पनि लाभ मिल्ला । केही चुनौती देखिए पनि गरिरहेको कार्यमा प्रयत्न गर्दा धनलाभ होला । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

बृष

आजको दिन केही चुनौतीयुक्त रहला । परिवारजनमा असमझदारी बढ्ने सम्भावना छ, साथै मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधानीपूर्वक कार्य गर्नु उचित होला । कसैसँग वादविवादको सम्भावना भएकोले सचेतनापूर्ण व्यवहार अपेक्षित छ । चोटपटकको योग भएकोले हातहतियारबाट जोगिएर काम गर्नुहोला । प्रेमभाव वृद्धिका साथै सन्तानसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

व्यस्तता वृद्धि हुनेछ । आजको दिन सफलताको लागि कठोर मिहेनत गर्नुपर्ला । काममा झमेलाको सामना गर्नुपर्ने योग छ । काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जागीरमा पनि समस्या देखापर्न सक्छ, सचेत रहनुहोला । राजनीतिमा बर्चस्व बढाउन सकिने छ । भ्रमणमा खर्च बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्त हुने समय छ । आजको दिन महत्वपूर्ण काम पूरा हुन सक्छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । पढाइलेखाइमा भने मन नजाने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आर्थिक दृष्टिले शुभदायी दिन छ । आम्दानीको नयाँ श्रोत फेलापर्ला । ठूला व्यक्तिको विश्वास जित्न सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापार–व्यवसायमा पनि फाइदाको योग छ । प्रायः सबै कामहरू बन्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या

आजको दिन चुनौतीयुक्त रहला । भाग्यले त्यत्ति साथ नदिनाले परिश्रम बढ्ने तर परिणाम खास नमिल्ने देखिन्छ । धनको नाश हुने, अनावश्यक विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने योग रहेकोले अत्यन्त सचेतनाका साथ व्यवहार गर्नु उचित हुनेछ । घरायसी सम्पत्तिको चिन्ताले सताउनुका साथै विगतमा गरेको कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ, धैर्यताको दरकार छ । आरोग्यता रहने छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला

लगानी बढ्ने तथा सकारात्मक कार्यमा खर्च वृद्धि हुने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्ला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

सोचेका काममा सफलता मिल्ने समय छ । धन आर्जनका बाटाहरु खुल्ने योग छ । आजको दिन खुशीसाथ बित्ने देखिन्छ । परिवारमा पनि सुखको माहोल रहला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाएर मात्र खर्च गर्नु हितकर होला ।

धनु

परिवारमा खुशीको माहोल छाउने दिन छ । नयाँ ठाउँको सुखद यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

मकर

समय मध्यमस्तरको छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । तर, आजको दिन कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ । सोचेअनुरुप काम हुन मुस्किल नै पर्ला । अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय भएपनि गर्छु भनेर सोचेको काममा आज बाधा पुग्न सक्छ । अरुको काम धेरै गर्नु पर्ला, तर जश पाउने सम्भावना कमै रहनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर तपाईंलाई कुनै हानी पुग्नेछैन । ब्यस्तता बढ्ला । कार्यसफलताका साथै मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइमा पनि सफलता मिल्नेछ । स्वास्थ्य सवल नै रहनेछ । नयाँ काम वा योजनामा ध्यान दिए सफलता नै मिल्ने देखिन्छ । प्रेमभाव र रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट