कुमारी बैंकका ग्राहकले धुलिखेलको दुसित ठानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने-Sutra News

कुमारी बैंकका ग्राहकले धुलिखेलको दुसित ठानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबिच व्यवसायीक साझेदारी गर्ने सम्झौता भएको छ । जुन सम्झौताअनुसार अब बैंकका ग्राहकले रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।



बैंकले जनाएअनुसार रिसोर्टले प्रदान गर्ने सेवाहरु जस्तै: खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सकिनेछ ।

देशभर रहेका ३०२ शाखा सञ्जाल भएको कुमारी बैंकले ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट