प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, आज कता जाला ?-Sutra News

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, आज कता जाला ?

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) २.०२ अंकले बढेको छ । प्रिसेसनमा २.०२ अंकले बढ्दै नेप्स २६४८.०६ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा कारोबार भने निकै कम भएको छ । १ हजार ४९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ लाख १७ हजार १९४ मा नै सीमित भयो ।

प्रिसेसनमा ३१ कम्पनीको मात्रै कारोबार भयो । जसमा १२ कम्पनीको मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको स्थिर रह्यो ।

प्रिसेसनमा वाणिज्य बैंक, विकास बैंक र लघुवित्त क्षेत्रका कम्पनीहरुको विशेषगरी कारोकार भएको छ ।

लगातार गिरावटका बिच सोमबार पनि नेप्से ५५.८६ अंकले घटेको थियो । उच्च अंकले घट्दै गर्दा नेप्सेमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको थियो ।

उच्च बृद्धिपछि भएको लगातारको गिरावटले लगानीकर्ता आतंकित देखिएका छन् । बजारले पुनः लय लेला वा नलेला भन्ने प्रश्न उब्जिएको छ ।

यद्यपि, बजार विश्लेषकहरु आजदेखि बजार बढ्ने बताइरहेका छन् । बजारले करेक्सनको तह पूरा गरेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट