काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यले फेरि उकालाे लिन सुरू गरेकाे छ । उच्च बिन्दुमा पुगेपछि घटेकाे सुनकाे मूल्य केही काराेबार दिनयता निरन्तर उकालाेमा छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे तेस्राे काराेबार दिन (मंगलबार) पनि सुन तोलामा दुई सय रुपैयाँले बढेको छ ।
यसअघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य दुई सय रुपैयाँले बढ्दै आज एक लाख ५२ हजार ४ सय रुपैयाँ पुगेकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।