संवैधानिक समितिमा बहुमत पुर्‍याउने खेल, उपसभामुखलाई महाअभियोग लगाउने तयारीमा सत्ता पक्ष-Sutra News

संवैधानिक समितिमा बहुमत पुर्‍याउने खेल, उपसभामुखलाई महाअभियोग लगाउने तयारीमा सत्ता पक्ष

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौं । अन्ततः सत्ता पक्ष उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग प्रस्तावमार्फत हटाउने तयारीमा पुगेका छन् । बालुवाटार स्रोतले जनाएअनुसार प्रक्रिया पूरा गराएर आज नै मगरविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारी दलहरुको छ ।



आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)को बैठकले गठबन्धनभित्र भागवण्डाका कुरालाई लिएर देखिएको विवादलाई सुल्झाउने निर्णय गरेको थियो । सोही बैठकमा नै संवैधानिक परिषदभित्र सत्ता गठबन्धन अनुुकुल बनाउने सहमति पनि जुटाएको थियो ।

संवैधानिक परिषद् ‘कम्र्फटेबल’ नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग विकल्पबारे छलफल गर्दै आएका थिए । जसको विकल्पको रुपमा दलहरु पछिल्लो निर्णयमा पुगेको देखिन्छ ।

संवैधानिक परिषदमा पाँच सदस्यमध्ये विपक्षीमा तीन सदस्य छन् । प्रमुख प्रतिपक्षी दलको नेता पुष्पकमल दाहाल प्रचण्ड, उपसभामुख इन्दिरा राना मगर र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल विपक्षी दलका हुन् । यस्तोमा उपसभामुख रानामगरलाई पाखा पन्छाएमा सहजै बहुमत जुट्नेछ ।

उपसभामुख राना मगर अमेरिकी दूतावासलाई लेखेको पत्रबाट विवादमा तानिएकी छिन् । सत्ता गठबन्धनले सोही विषयलाई लिएर उनको आरचणमाथि प्रश्न उठाउँदै महाभियोग प्रस्ताव लग्न लागेका हुन् ।

कांग्रेसका एक पदाधिकारी प्रधानमन्त्री ओलीको प्रस्तावअनुसार महाभियोग दर्ता गर्ने तयारी गरिएको हो । “दुई तिहाई जुटाउने जिम्मा मेरो भयो, हामीलाई निर्णय गर्न सजिलो हुन्छ । महाभियोग प्रस्ताव गरौं”, ओलीको प्रस्ताव उल्लेख गर्दै ति नेताले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट