विमानस्थलबाट सुनसहित दुई जना पक्राउ-Sutra News

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका १ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङका ३० वर्षीय देवराज खत्री छन् ।



दोहाबाट स्वदेश फिर्ता भएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ ।

यस्तै, भन्सार छलेको सुन लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, मोबाइल दुई थान र ल्यापटपसहित देबराज पक्राउ परेका हुन् ।

उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट