उपसभामुखमाथि महाअभियोग लगाउने कुरा मान्य हुँदैन- रास्वपा-Sutra News

उपसभामुखमाथि महाअभियोग लगाउने कुरा मान्य हुँदैन- रास्वपा

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् ।



आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सरकारको सहजताका लागि काम गरे भोलि समस्या हुने बताए ।

‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् तपाइहरू आफैले खनेको खाल्डोमा तपाइहरू पर्नु हुनेछ स्मरण रहोस्‚ के नेपाली लोकतन्त्र यति कमजोर हो ? लोकतन्त्रको हुर्मत लिने हो ?,’ उनले भने ।

उनले संख्या र सत्ताको शक्तिमा राज्य चलाउने काम गरे जनताको सार्वभौम सत्ताअघि कोही टिक्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट