काठमाडौँ । विश्व साक्षरता दिवसको अवसरमा महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार विभिन्न सार्वजानिक/सामूदायिक शैक्षिक संस्थामा आवश्यक स्तरोन्नती तथा शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्ने छ ।
यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरसफाईमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाई तथा शौचालय सुविधामा पहुँच अभिवृद्धि गर्ने बैंकको नीतिअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।