उपसभामुखको पक्षमा उभियो माओवादी-Sutra News

उपसभामुखको पक्षमा उभियो माओवादी

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।



मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे उपसभामुखमाथि लगाउन लागेको महाअभियोगको विरोध गरेका हुन् ।

‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरामा हाम्रो दल तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,’ उनले भने । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख रानामाथिको महाअभियोग लगाउने कुरामा विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट