१८ लाख यात्रु बोकेको बुद्धको जहाज भयो बिदाइ-Sutra News

१८ लाख यात्रु बोकेको बुद्धको जहाज भयो बिदाइ

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौँ । १६ वर्ष उडेको बुद्ध एयरको जहाज ‘एटिआर ४२ नाइन एन–एआइन’को बिदाइ भएको छ । उक्त जहाज ७० हजार उडान साइकल पूरा गरेको थियो ।



बुद्धले मंगलबार उक्त विमानलाई बिदाइ गरेको हो । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत व्यावसायिक उडान थालेको जहाजले नेपालमा मात्रै ४० हजार उडान भरेको थियो ।

नेपाली आकाशमा १६ वर्ष उडान भरेको नाइन एन–एआइएनले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।

यस अवधिमा जहाजले ४४ हजार ४७७ पटक उडान गरी १८ लाख यात्रुलाइ सेवा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट