काठमाडाैं । काठमाडाैं रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले टेस्ट राइड भदौ २१ देखि २३ सम्म सञ्चालन गरेकाे थियाे ।
हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान गरेको राइडरहरुले बताएका छन् । अफ-रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको बताइएकाे छ ।
अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो ।
हिमालयन ४५० को प्रारम्भिक मूल्य ९,८९,५०० रुपैयाँ रहेको छ भने टप भेरियन्टको मुल्य १०,३९,५०० रुपैयाँ रहेको छ । हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मुल्य ९,८९,५०० रुपैयाँ स्लेट पपी ब्लूरस्लेट हिमालयन साल्टको मुल्य ९,९९,५०० रुपैयाँ क्यामेट व्हाइटको मुल्य १०,१८,५०० रुपैयाँ र हान्ले ब्लाकको मुल्य १०,३९,५०० रूपैयाँ रहेको छ ।
४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित रहेकाे कम्पनीले जनाएको छ ।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्। रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९.४४ किलोवाट रहेको कम्पनीको भनाइ छ । हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ।
अगाडीको पांग्राको साइज ९०र९०-२१ छ भने पछाडि पांग्राको साइज १४०र८० R १७ छ। यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ। डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो TFT डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन् ।
हिमालयन ४५० अल्फा अटोमोटिभ प्रालिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।