काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बास्कोटाले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि प्रश्न उठेकाले सही प्रमाणीत गर्न राजीनामा दिन सुझाव दिएका हुन् ।
लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो हुने उनको भनाइ थियो । आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण गर्दै बास्कोटाले प्रश्नको सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनु पर्ने बताए ।
उनले सांसदहरूमाथि प्रश्न उठ्दा के गर्ने ? भनेर कानून बनाउनु पर्ने बताए । उपसभामुख इन्दिरा रानाका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिसनेस नभई संसदको बिजनेस भएको उनको भनाइ थियो ।