किन रोकिएन सेयर बजारमा पहिरो ?-Sutra News

किन रोकिएन सेयर बजारमा पहिरो ?

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि तिव्र उतारचढावका बिच सेयर बजार परिसूचक (नेप्से) घटेरै बन्द भएको छ । ७० अंकको उतारचढावका बिच मंगलबार नेप्से १३.०९ अंकले घटेको हो । मंगलबारको कारोबारसँगै नेप्से २६३२.९४ को बिन्दुमा झरेको छ ।



निरन्तर गिरावटका बिच नेप्सेमा कारोबार रकम पनि भारी अंकले गिरावट आएको छ । मंगलबार १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको भयो । जुन दुई महिना यताकै कम कारोबार रकम हो ।

दोहोरो अंकले नेप्से घट्दै गर्दा मंगलबार अधिकांश कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २४४ कम्पनीमध्ये १६९ कम्पनीको मूल्य घट्यो भने ६७ कम्पनीको मात्रै मूल्यमा सामान्य बृद्धि भयो । उच्च उतारचढावका बिच मंगलबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

भदौ लागेसँगै नेप्से करिब ओरालोमा छ । पछिल्लो १५ कारोबार दिनमध्ये १० कारोबारमा गिरावट गिरावट आएको छ । पछिल्लो एक कारोबार दिनबाहेक अधिकांश कारोबार दिन उच्च अंकले नेप्से घटेको छ ।

उच्च बृद्धिपछि नेप्सेमा आएको गिरावटलाई लगानीकर्ताले करेक्सन भन्ने गरेका छन् । यद्यपि, पछिल्लो गिरावटको तहले नेप्सेमा बुल ट्रेण्ड सकिएको संकेत गरेको छ । यही ट्रेण्ड कायमै रहेमा नेप्सेमा पुरानै अवस्थामा नफर्किएला भन्न सकिन्न ।

विशेषगरी कारोबार रकममा आएको उच्च गिरावटले लगानीकर्ताको मनोविज्ञान उत्साहजनक नरहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट