धनराज गुरुङमाथि टिप्पणी- सहकारीको बचत पचाउन ‘सम्बन्ध बिच्छेद’ भएछ-Sutra News

धनराज गुरुङमाथि टिप्पणी- सहकारीको बचत पचाउन ‘सम्बन्ध बिच्छेद’ भएछ

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्ध बिच्छेद’ भएको टिप्पणी गरेका छन् ।



मंगलबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै दाहालले गुरुङ केही समयअघि सम्बन्ध बिच्छेद भएको भनिएको श्रीमतीसँग देखिएको बताउँदै ‘सहकारी सम्बन्ध बिच्छेद’ भएको बताएका हुन् ।

सहकारीको करिब १५ करोड पचाउन गुरुङले कानूनी रुपमा सम्बन्ध बिच्छेद गरेको दाहालले आरोप लगाए । उनले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनु पर्ने माग राखे ।

उनले सहकारी छानबिन समितिमा सहकारी ठगीसम्बन्धी प्रयाप्त प्रमाणहरू जुटेको भन्दै कारवाहीका लागि सिफरिस गरिने बताए ।

छानबिन समितिका सदस्यसमेत रहेका उनले कसैलाई जोगाउने वा फसाउने नियत नराखी अन्तिम प्रतिवेदन तयार गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट