साढे चार लाख घुस खाने वडाध्यक्षसहित तीन जना पक्राउ-Sutra News

साढे चार लाख घुस खाने वडाध्यक्षसहित तीन जना पक्राउ

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ । जनकपुरधाम उपमहानगर २४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडासचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल रहेका छन् । आयोगको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले चार लाख ५० हजार नगद बरामद गरेसँगै उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । घर बाटो प्रमाणित गरिदिने भन्दै उनीहरूले घुस मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट