सबै सरकारी कार्यालयमा टीएमएस बन्द गर्न निर्देशन-Sutra News

सबै सरकारी कार्यालयमा टीएमएस बन्द गर्न निर्देशन

मंगलबार, २५ भाद्र २०८१

मंगलबार, २५ भाद्र २०८१

काठमाडौँ । आगामी दिनमा देशका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ बन्द हुने भएको छ ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा पत्र पठाउँदै टीएमएस चल्ने व्यवस्था बन्द गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत निर्देशन दिइएको छ ।

सरकारी कार्यालयमा टीएमएस बन्द गराउन सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको देखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कार्यालयलाई यी गतिविधि रोक्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट